२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन हुने

काठमाडौं, साउन १३ – मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ। मंगलबार बसेको बैठकले मिटरब्याज सम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयनदेखि नेपाल वायुसेवा निगमको नेतृत्व व्यवस्थापनसम्मका निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेल का अनुसार मन्त्रिपरिषद्ले भू–बीजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

बैठकले सशस्त्र प्रहरी बल नेपाल का विपद् खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष महेश्वर भक्त श्रेष्ठ लाई महाप्रबन्धकको समेत जिम्मेवारी दिँदै कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्तै, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।

मन्त्रिपरिषद्का मुख्य निर्णय:

  • भू–बीजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत।
  • विपद् खोज तथा उद्धारमा खटिने एपीएफ कर्मचारीलाई प्रोत्साहन भत्ता।
  • अन्तर्राष्ट्रिय पदक विजेतालाई नगद पुरस्कार तथा सम्मान।
  • महेश्वर भक्त श्रेष्ठलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी।
  • मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय।

Related News

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते
  • २०८३ असार ३०

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते...

TOP