२०७७ माघ ७, बुधबार
January 20, 2021, Wednesday

जनताले प्रदेश सरकार भएको अनुभूति नै गर्न पाएनन् : नेकपा सचेतक तामाङ

धनगढी- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारालामा तामाङले जनताले प्रदेश सरकार भएको अनुभूति नै गर्न नपाएको बताएका छन् । प्रदेश सभाको आजदेखि शुरू भएको छैठौं वर्षे अधिवेशनको पहिलो बैठकको विशेष समयमा बोल्दै उनले कोरोनाको महामारीका समयमा समेत जनताले सरकार भएको अनुभूति गर्न नपाएको भन्दै प्रदेश सरकारबारे समीक्षा गर्ने बेला आएको बताएका हुन् ।

प्रदेश सरकारले काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना आइरहेकोले सरकारबारे समीक्षा गर्ने बेला आएको टिप्पणी गर्दै सचेतक तामाङले कोरोना महामारीबाट जनतालाई जोगाउनेदेखि विकास निर्माणको काममा समेत प्रदेश सरकार चुकेको बताए । सरकारको प्रगति निकै कमजोर रहेको बताउँदै उनले सरकार बेलैमा नसच्चिए विकल्प खोज्नुपर्ने बताए ।

उनले सरकारले कोरोना महामारी नियन्त्रणका विषयमा ढिलासुस्ती गरेको बताउँदै सरकारभन्दा जनता अगाडि सरेर लागिरहेको बताए । प्रमुख सचेतक तामाङले जनतालाई सरकार भएको अनुभूति नै नभएको भन्दै सरकारको प्रगतिसमेत निकै कमजोर रहेको बताए ।

उनले सांसद विकासको योजनालाई बेवारिसे बनाउने काम सरकारकै मन्त्रालय र कर्मचारीबाट भइरहेको भन्दै यसतर्फ सरकारले ध्यान दिन जरुरी रहेको बताए । सांसद विकास कोषको ५० प्रतिशत योजनाको सम्झौता नभएको भन्दै आफूहरूलाई नजरअन्दाज गरे सरकारबारे समीक्षा गर्ने चेतावनी दिए ।

सुदूरपश्चिम प्रदेशमा नेकपाकै सरकार रहेको छ । तत्कालीन नेकपाभित्रको तत्कालीन माओवादी समूहका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । प्रदेश सरकारको कार्यक्षमता, योजना र सरकारका सल्लाहकारका बिषयमा पटक–पटक प्रश्न र बिबाद उठ्ने गरेको छ ।

Related News

भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
  • २०७७ जेष्ठ १३

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना...

सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा काका र हजुरबुवा पक्राउ
सुस्त मनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा काका र हजुरबुवा पक्राउ
  • २०७७ जेष्ठ १३

बैतडी- जिल्लाको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरी बलात्कारमा परेकी छिन् । अंकल र हजुर बुवा नाता पर्नेबाट किशोरी...

खप्तड हेलीटुर: ३ सय पर्यटकलाई खप्तड घुमाउने योजना
खप्तड हेलीटुर: ३ सय पर्यटकलाई खप्तड घुमाउने योजना
  • २०७७ जेष्ठ १३

कैलाली – चिसोमा हिउ खेल्न सुदूरपश्चिमको प्रमुख पर्यटकिय गन्तव्य खप्तडमा तिन सय पर्यटक भित्राउने योजना सहित भिजिट खप्तड हेलि टुर अभियान...

TOP