२०८३ बैशाख २, बुधबार
April 15, 2026, Wednesday

डोटीमा इभि हाइस दुर्घटना, ४ जना घाइते 

दिपायल – डोटीमा इभि हाइस (विद्युतीय गाडी) दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ५ चिसापानीमा गाडी दुर्घटना भएको हो ।

धनगढीबाट अछामतर्फ जाँदै गरेको सु.प.प्र. ०२–००१ ज ०२३९ नम्बरको इभि हाइस शनिबार बिहान साढे चार बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्लामा प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटनामा पूर्वीचौकी गाउँपालिका – ५ नुवाघरका ५१ वर्षीया अनिता साउद, सोही ठाउँका २६ २६ वर्षीय प्रकाश साउद घाइते भएका छन् । त्यस्तै अछामको चौरपाटी गाउँपालिका– ६ दुनिका २५ वर्षीया कमला साउद र अछामको चौरपाटी गाउँपालिका– १ बयालीकी १९ वर्षीया कमला थापा घाइते भएकी छिन् ।

घाइतेहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।

अछामको चौरपाटी गाउँपालिका-१ सिउडीका ४५ वर्षीय शंकर शाहले चलाएको उक्त गाडीमा १५ जना सवार रहेका थिए । हाइस सडकबाट अनियन्त्रित भई नालीमा पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८२ चैत्र २१

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP