२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

प्रवासीको उद्धार र क्वारेन्टाइन व्यवस्थापनमा बडिकेदार गाउँपालिका

चक्र मल्ल, डोटी

बडिकेदार गाउँपालिकाले रोजगारीको सिलसिलामा भारतमा रहेका प्रवासी नागरिकको उद्धार गरिरहेको छ । गाउँपालिकाले आफ्ना नागरिकहरुलाई सम्बन्धित वडामा ल्याउँने कार्य गरिरहेको छ भने तेस्रो मुलुकमा रहेका नागरिकको तथ्याङ्क संकलन गरिरहेको छ ।

गाउँपालिकाले अहिले नेपाल भारत सीमामा रहेका नागरिकहरुलाई सीमाबाट गाडीको व्यवस्था गरि सम्बन्धित वडामा ल्याएर क्वारेण्टाइनमा राखदै आएको छ । कोरोना भाइरसका कारण जारी लकडाउनले प्रवासमा अलपत्र, समस्यामा परेका नागरिकलाई सीमाबाट उद्धार गर्ने कार्य जारी रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले लिएको तथ्याङ्क अनुसार एक हजार चार सय जना भारतमा कार्यरत छन् । जसमध्य हाल वडा नं. १ का १७ जना, वडा नं. २ का १९ जना, वडा नं. ३ का १९ जना, वडा नं. ४ का २३ जना, वडा नं. ५ का ६४ जना र बोगटान फुडसिल गाउँपालिकाका ४ का जना गरी एक सय ४६ जनाको उद्धार गरी सम्बन्धित वडामा क्वारेण्टाइनको व्यवस्था गरि राखेको छ ।

कोरना भाईसर रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाको सबै संयन्त्र परिचालन गरी विभिन्न कार्य भैरहेको गाउँपालीकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए । अध्यक्ष चन्दले गाउँबासीलाई सामाजिक दुरी, लकडाउनको पालना गरी भाइरस नियन्त्रण गर्ने अभियानमा सहयोग गर्न अनुरोध गरेका छन् ।

प्रवासमा अलपत्र गाउँपालिकाबासीको उद्धार तथा तथ्याङ्क संकलन, क्वारेण्टाइन व्यवस्थापन तथा स्वास्थ्य परिक्षणका लागि पहल भैरहेको गाउँपालिकाका उपाध्यक्ष तथा कोरोना क्वारन्टाईन ब्यवस्थापन उपसमिति संयोजक ईन्द्रा भाँट बोहराले बताइन् । भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्र, सरकार, विभिन्न व्यक्ति संग सहकार्य र समन्वय भैरहेको उनले बताइन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ जेष्ठ १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP