२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

दृष्टिविहिन विधार्थीहरुलाई न्यानो लुगा वितरण 

दिपायल – शाजेन्द्रश्वर माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको छ। सुजङ्ग अस्पताल राजपुरका प्रशासन प्रमुख तथा नेपाली कांग्रेस केआइसिंह गाउँपालिकाका सभापति अर्जुन बलायरले दृष्टिविहिन विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेका हुन् ।

बलायरले यस अघि जेठ २८ गते सो विद्यालयका दृष्टिविहिन विधार्थीहरुसँग जन्मदिन मनाएका थिए । जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुलाई चस्मा, आवाजमा समय बताउने घडी, एक/एक जोर लुगा र आबस्यक अन्य सामग्री खरिद गर्न नगद पाँच हजार रुपैयाँ विद्यालयको छात्रावासमै पुगेर सहयोग गरेका थिए । दृष्टिविहिन विधार्थीहरुसँग जन्मदिन मनाउने क्रममा बालबालिकाहरुलाई जाडोको समयमा न्यानो लुगा उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुरूप शनिबार न्यानो लुगासँगै ब्ल्याङ्केट उपलब्ध गराएका हुन् ।

गरीब परिवारका अपाङ्गता भएका बालबालिकाहरूको समस्यालाई मध्यनजर गरेर आवश्यकता अनुरूप सक्दो सहयोग गरेको बलायरले बताए ।

दृष्टिविहीन शिक्षक तथा विद्यार्थीहरुलाई सुजङ्ग स्कूलका डाइरेक्टर नरेश बलायर र सुजङ्ग अस्पताल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले संयुक्तरूपमा न्यानो लुगा सहयोग गरेका हुन् ।

शाजेन्द्रश्वर मावि फुलौटका दृष्टिविहीन शिक्षक टेक बोगटीले बलायरले उपलब्ध गराएको न्यानो लुगाले ठूलो राहत मिलेको बताउँदै धन्यबाद ज्ञापन गरे । जाडो महिनामा न्यानो लुगाको एकदमै आवश्यकता थियो, विद्यालयसँग पछिल्लो समय स्रोतको अभाव पनि छ,” उनले भने,” यस्तो समयमा पूर्व प्रतिबद्धता अनुसार न्यानो लुगाको व्यवस्था गरिदिनु भएकोमा आभार प्रकट गर्दछौं ।”

विद्यालयका प्रधानाध्यापक खडक बहादुर खड्काले बलायरले गरेको सहयोगले विद्यार्थीहरुलाई सहयोग पुग्नुको साथै उनीहरुको हौसला वृद्धि हुने विश्वास व्यक्त गरे । २०५२ साल देखि हामीले दृष्टिविहिन बालबालिकाहरुका लागि आवास सहितको शिक्षा दिदै आइरहेका छौं । राज्यले दिने सेवासुविधा पर्याप्त छैन,”उनले भने,”विभिन्न व्यक्ति र संघ संस्थाले गर्ने सहयोगले विद्यार्थी तथा विद्यालयलाई सहयोग पुग्ने गरेको छ ।

 

दृष्टिविहिन विधार्थीहरुसँग जन्म दिन

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८२ मंसिर २१

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP