२०८२ फाल्गुन ३०, शनिबार
March 14, 2026, Saturday

केआईसिंह गाउँपालिकाको सडकमा कार्यरत मजदुर सहित डोटीका पाँच जनाको पिसिआर रिपोर्ट नेगेटिभ

डोटी- आरडिटी पोजेटिभ देखिएका केआईसिंह गाउँपालिकाको सडकमा कार्यरत मजदुरको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

जेठ ९ गते सडकमा कार्यरत दुईजनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले उनिहरुको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि धनगढी पठाएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयले कोरोना आशंकामा शिखर नगरपालिकाका एक जना र जोरायल गाउँपालिका लक्ष्मीनगरका दुई जनाको पनि स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि पठाएको थियो । उनिहरुको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय डाटीले जनाएको छ ।

पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ आउनुले उनिहरुमा कोरोना भाइरसको संक्रमण छैन भन्ने पुष्टि गर्दछ ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ जेष्ठ १३

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP