२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार) शोक बिदा दिएको छ । नगरपालिकामा कार्यरत शिक्षिका रमिता चौधरीको निधन भएकोमा दुःख व्यक्तै शोक बिदा दिइएको हो ।

नगर प्रमुख दीर्घ बहादुर बलायरद्वारा जारी सूचनामा शिक्षिका चौधरीको निधनमा आज शोक बिदा दिइएको उल्लेख छ ।

नगरपालिकाको वडा नम्बर १० स्थित बानेडुग्रा माविमा कार्यरत शिक्षिका चौधरी मंगलबार आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् ।

कैलालीको जोशीपुर गाउँपालिका – १ स्थायी घर भएकी चौधरी बानेडुग्रा माविमा प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षिका हुन् ।

मृतक चौधरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

डोटीमा मृत भेटिइन् शिक्षिका 

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०८२ कार्तिक १९

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP