२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

डोटीमा मृत भेटिइन् शिक्षिका 

दिपायल – डोटीमा एक शिक्षिका मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको शिखर नगरपालिका – १० स्थित बानेडुग्रा माविमा कार्यरत शिक्षिका रमिता चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

कैलालीको जोशीपुर गाउँपालिका – १ स्थायी घर भएकी चौधरी मंगलबार बिहान आफ्नै डेरा भित्र मृत अवस्थामा भेटिएको शिखर नगरपालिकाका शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले जानकारी दिए ।

चौधरी बानेडुग्रा माविमा प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षिका हुन् ।

मृतक चौधरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०८२ कार्तिक १९

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP