२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकी गर्भवतीको आइसोलेसनमा मत्यु

सप्तरीमा होम आइसोलेसनमा रहेकी एक गर्भवतीको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिका ११ की २४ वर्षीया गर्भवतीको मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

गर्भवती महिलालाई सोमबार रातिबाट ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

यादवकाअनुसार उनलाई एक हप्ता अगाडि नै महिलालाई ज्वरो आएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि जेठ ८ गते राजविरास्थित एक क्लिनकमा उपचारका लागि लगिएको थियो।

क्लिनिकमा उनलाई पिसाबको संक्रमण भएको भन्दै चिकित्सकले औषधि दिएर होम आइसोलेसनमा बस्न सल्लाह दिएका थिए।

कोरोना संक्रमणसँग मिल्ने लक्षण देखिएकाले उनको स्वाब लिने तयारी भइरहेको यादवले जानकारी दिए।

२ सन्तानकी आमा ती महिला तेश्रो पटक गर्भवती भएकी थिइन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ जेष्ठ १३

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP