२०८० आश्विन १५, सोमबार
October 2, 2023, Monday

क्वारेन्टईनमा बस्नुपर्ने प्रदेश सभा सदस्यका आफन्त सिधै घरमा

धनगढी । रोजगारीको सिलसिलामा भारतमा रहेका हजारौं नेपालीहरु स्वदेश फिर्ता हुने क्रम जारी रहेको छ । सुदूरपश्चिमका नाकाहरुबाट दैनिक तीन हजार भनदा बढी प्रवासीहरु स्वदेश फर्किदैछन् । उनिहरुको नाकामा चेकजाँज हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा उच्च जोखिम बढेको छ ।

यस्तो अवस्थामा नाका नजिकै रहेको प्रदेश सरकार भुमिका बिहिन भएको हराएको आरोप लाग्दै आएको छ । प्रदेश सरकार खोजि गर्ने सामाजिक सञ्जालमा अभियान नै सञ्चालन भएको छ । स्थानिय सरकारले नाका बाट आफ्ना नागरिकहरुको उद्धार गर्दै क्वारेण्टाईनमा राख्ने व्यवस्था गरिरहेको छ । त्यसै अनुरुप भारतबाट आफ्नो देश फर्किएका हजारौं मजदुरहरु क्वारेण्टाईनमा बसेका छन् ।

उद्धार र स्वास्थ्य परिक्षिणमा सक्रिय नदेखिएको प्रदेश सरकारका केही सांसद आफन्तहरुलाई क्वारेण्टाइनमा नराखि कसरी सिधै घरमा लयाउन सकिन्छ भनेर पावर र पहुँचको प्रयोग गरिरहेका छन् । सरकारले बाह्य मुलुक तथा जिल्ला बाहिरबाट आउने ब्यक्तिलाई अनिवार्य २१ दिन क्वारेण्टाइनमा राख्ने र स्वास्थ्य परिक्षण पछि मात्रै घर पठाउने निर्णय गरेको छ । तर प्रदेश सभा सदस्यले भारतबाट आएका दुई जना आफन्तलाई सिधै घर पठाएकी छिन् ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपा धनगढी उपमहानगरपालिका कार्यसमिति संयोजक सुशिला बुढाथोकीले दबाब दिएर क्वारेन्टाईनमा बस्नुपर्ने आफन्तलाई सिधै घरमा ल्याएकी छिन् । यसको चौतर्फी बिरोध भैरहेको छ । पहुँचको भरमा क्वारेन्टईनमा राख्नुपर्ने व्यक्तीलाई बुढाथोकीले घरमा राख्न थालेको कुरा बाहिर आएपछि धनगढी उपमहानगरपालिका १४ फुलबारीका स्थानियले समेत बिरोध गरेका छन् ।

प्रदेश सभा सदस्य बुढाथोकीले भारतको दिल्लीबाट गौरीफन्टा नाका हुँदै आईतबार मात्रै फर्केका आफन्त रोशन भण्डारी र अनिता गिरीलाई पावरको भरमा सिधै घरमा ल्याएको धनगढी उपमहानगरपालिका १४ फुलबारीका माधब अधिकारी जानकारी दिए । उनले सुदूरपश्चिम कोरोना भाईरसको उच्च जोखिममा परेका बेला ठुलाबडाको पावर र पहुँचकोे भरमा लापरवाही गरिनुले कैलाली तथा फुलबारी क्षेत्र उच्च जोखिममा बढेकाले बिरोध गरेको बताए ।
भारतबाट फर्किएका दुई जनालाई बुढाथोकीले धनगढी उपमहानगरपालिका वडा नम्बर १४ अन्र्तगत आफन्तको घरमा बस्ने व्यवस्थापन गरेको स्थानीयहरुको आरोप छ । उनीहरु धनगढी उपमहानगरपालिका वडा नम्बर १ का स्थानीय हुन् ।

प्रदेश सभा सदस्य बुढाथोकीले आफेनी भदै मानसिक रुपमा बिरामी भएका कारण धनगढी उपमहानगरपालिकाकाका क्वारेनटाईन संयोजक नारायण बरालसँग समन्वय गरेर आफन्तको घरमा राखेको बताए पनि बरालले भने आफुसँग कुनै समन्वय नभएको बताए ।

भारतबाट नेपाल भित्रिएकाहरुलाई पहुँच र पावरको भरमा क्वारेन्टाईनमा राख्नुपर्नेलाई घरमा संरक्षण गर्नु गलत भएको भन्दै फुलबारीका स्थानीय बिरोधमा उत्रिएका थिए ।

Related News

अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
अटो दुर्घटनामा ज्यान गुमाएका महराको परिवारलाई ८ लाख ४५ हजार आर्थिक सहयोग
  • २०७७ जेष्ठ १२

दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...

TOP