दिपायल – डोटी जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता बिपी नगरमा आयोजना हुने भएको छ । फागुन १७ गते देखि १९ गतेसम्म प्रतियोगिता आयोजना हुने जिल्ला खेलकुद समितिले जनाएको छ ।
जिल्लाको बडिकेदर गाउँपालिका – १ बिपी नगरमा छनोट प्रतियोगिता आयोजना गर्ने तयारी भएको डोटी जिल्ला खेलकुद समितिका अध्यक्ष प्रकाश शाहीले बताए । प्रतियोगितामा डोटी जिल्लाका ७ सय भन्दा बढी खेलाडी सहभागी हुने उनले बताए ।
राष्ट्रीय खेलकुद परिषदको वार्षीक कार्यक्रम अनुसार हरेक वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता आयोजना गरिँदै आएको छ । यस अघिको १४औं छनौट प्रतियोगिता दिपायल सिलगढी नगरपालिकाको मटमा आयोजना गरिएको थियो भने १३ औं छनौट प्रतियोगिता जोरायल गाउँपालिकाको बुडरमा आयोजना गरिएको थियो ।
खेलकुद समितिले जिल्लाका ९ वटै पालिकाहरुलाई पत्राचार गर्दै आ-आफ्नो टिम सहभागी गराउन अनुरोध गरेको छ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...