२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026, Friday

बागमतीविरुद्ध कोशी प्रदेशको रोमाञ्चक जित

दिपायल । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशविरुद्ध कोशी प्रदेशले रोमाञ्चक जित हात पारेको छ।

खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको समूह बीको खेलमा कोशीले १० रनले बागमती प्रदेशलाई पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङको लागि निम्त्याइएको कोशीले १३ ओभरमा सात विकेटको क्षतिमा ६३ रन बनाएको थियो । कोशीको लागि बिमला मलाहाले १९ र कप्तान रुविना क्षेत्रीले १५ रन बनाए । अरु ब्याटरकोे प्रदर्शन उल्लेखनीय रहन सकेन ।

बागमतीका लागि मनीषा उपाध्यायले एक्लै चार विकेट लिएपछि कोशीले निर्धारित ओभरमा चुनौतीपूर्ण लक्ष्य दिने गरी रन बनाउन सकेन । तर जवाफी ब्याटिङ गरेको बागमतीको प्रदर्शन राम्रो रहन सकेन । ६४ रनको जित लक्ष्य पछ्याएको बागमती पाँच बल खेल्न बाँकी छँदै आफ्नो सबै विकेट गुमाएर ५३ रनमा सीमित भयो ।

बागमतीका लागि सविका यादवले २० र विपिषा शाहीले १२ रन बनाए । बागमतीलाई जितबाट रोक्ने क्रममा कोशीका कप्तान रुविना क्षेत्री, ज्योती दनुवार र सङ्गीता राईले दुई-दुई विकेट लिए । खेलमा कोशीका कप्तान क्षेत्री प्लेयर अफ द म्याच घोषित भई पुरस्कृत भईन ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ माघ ६

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP