२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

बुटवल कोरोना अस्पतालबाट १० जना डिस्चार्ज

बुटवल– बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका १० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

संक्रमणमुक्त भएका उनीहरु सबै कपिलवस्तुका बासिन्दा हुन्। दुई साता अगाडि भर्ना भएका ती बिरामीहरूको लगातार दुई पटक गरिएका कोरोना भाइरस परीक्षणका रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिए।

‘संक्रमण देखिएर अस्पताल भर्ना भएका सबै बिरामीलाई निको बनाएर पठाउँदा खुसी लागेको छ’, उनले थपे, ‘कोरोनाबाट आत्तिनु पर्दैन, संयमता अपनाए सुरक्षित हुन सकिन्छ, संक्रमण भइहाले पनि निको हुन्छ।’

कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाले उपचार गराइरहेका थिए।

यस अगाडि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षिया युवा निको भएर घर गइसकेका छन्।

यसअघि शुक्रबार बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना निको भएर घर फर्केका थिए।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै छ। शनिबार बेलुकासम्म प्रदेश ५ मा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ३२ जना निको भए भने २ जनाले ज्यान गुमाएका छन्।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ जेष्ठ १०

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP