२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

जनकपुरले दियो सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

दिपायल । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो ब्वालिफायरमा सुदूरपश्चिम रोएल्ससामु जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको हो ।

जनकपुरका लागि जेम्स निसामले २३ बलमा ४५ रन बनाए । लाहिरु मिलान्था १२ रनमा एलबीडब्लू धरापमा पर्दा क्याप्टेन आसिफ शेख ११ रनमा बोल्ड भए । शुभ कंसाकार २६ रनमा रनआउट भए । हर्स ठाकर पनि १२ रनमा क्याचआउट हुन पुगे । अरनिको यादवले ११ रन बनाए ।

सुदूरका लागि दीपेन्द्र सिंह ऐरीले ३, सैफ जैबले २ तथा अभिनाष बोहोरा र स्कट कुग्गेलिनले समान एक विकेट लिए ।

नियमित क्याप्टेन अनिल साह घाइते भएपछि जनकपुरको नेतृत्व आसिफ शेखले गरेका छन् ।

पहिलो क्वालिफायरको विजेताले सिधैं फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायरमा बिहीबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । कर्णाली चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा छनोट भएको हो । फाइनल भने शनिबार हुनेछ ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०८१ पुष ३

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP