२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

जिल्ला प्रहरी कार्यालय बैतडी सिल : थुनुवामा कोरोना संक्रमण

बैतडीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल गरिएको छ।

बैतडीको शिवनाथ गाउँपालिकाका २३ वर्षका युवक २२ दिनदेखि कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा थिए । हिरासतमा रहेका युवक बैतडीको पहिलो कोरोना सङ्क्रमित बनेका छन् ।

गत चैत ६ गते भारतको मुम्बइबाट घर आएका २३ वर्षका युवक वैशाख १५ गतेदेखि कर्तव्य ज्यान मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका थिए ।  बैतडीको शिवनाथ गाउँपालिकामा गत वैशाखमा एक युवती मृत्त अवस्थामा खोलामा फेला परेकी थिईन् । अभिभावकको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि युवक थुनामा रहेको बैतडी प्रहरीले जानकारी दिएको छ ।

युवकको ढिलो गरी भएको स्वाब परीक्षण (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रहरी कार्यालय, बैतडी सिल गरिएको बैतडीका प्रहरी प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।

प्रनाउ पाण्डेयले भन्नुभयो, “लामो समयदेखि थुनामा रहेका युवकमा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरेका छौँ । मुद्दा फाँटमा काम गर्नेदेखि सबै प्रहरीको पीसीआर परीक्षण आवश्यक छ । थुनामा रहेका युवकमा कोरोना पुष्टि भएपछि त्रास बढेको छ । ”

भारतबाट आएकाहरुलाई सम्बन्धित पालिका लैजाने र सीमा नाकामा प्रहरीहरू अग्रस्थानमा खटिँदै आए पनि सबै प्रहरीसँग अहिलेसम्म गतिलो मास्क समेत छैन ।

थुनामा रहेका युवकमा कोरोना देखिएको विषयमा स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले सबै विवरण स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमार्फत सार्वजनिक हुने बताउनुभयो ।

बैतडी अस्पतालमा ल्याबसहित भेन्टिलेटर राख्ने प्रदेश सरकारले निर्णय गरे पनि बैतडी आएका चिकित्सक समेत २२ दिन बैतडी बसेर काठमाडौँ फर्किएका छन् । जिल्ला अस्पताल, बैतडीमा चिकित्सक मात्र होइन, आवश्यक उपकरण र स्वास्थ्य परीक्षण गर्ने किट समेत अभाव हुने गरेको छ ।

Related News

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन
  • २०७७ जेष्ठ ९

सिंहदरबार दक्षिण गेटअघि मोटरसाइकल पार्किङ गरेर अनेरास्ववियुको प्रदर्शन काठमाडौं —...

TOP