२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

कोरोना संक्रमितको संख्या ५०७ पुग्यो : डडेल्धुरा, बैतडी, र कैलालीमा थपिए संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुगेको छ ।

शुक्रबार थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीन जना  र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।

कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा सक्रमण देखिएको हो। मोरङ रतुवामाई- २ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।   

संक्रमितहरूको हालको ठेगाना र स्थायी ठेगानाको आधारमा कान्ट्याक्ट ट्रेसिङको काम हुने मन्त्रालयले जनाएको छ।

हालसम्म संक्रमित संख्या ५ सय ७ पुगेको छ। 

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ ९

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP