२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

केआईसिंह गाउँपालिकाको सडकमा कार्यरत दुई मजदुरको आरडिटी नतिजा पोजेटिभ

डोटी- डोटीमा कार्यरत दुई मजदुरको ¥यापिड डाईग्नेस्टिक टेस्ट(आरडिटी) रिपोर्ट ‘पोजेटिभ’ आएको छ । जिल्ला अस्पतालले शुक्रबार ३२ जनामा आरडिटी परिक्षण गरेको थियो । जसमध्ये दुई जनामा ‘पोजेटिभ’ देखिएको अस्पतालले जनाएको छ ।

पोजेटिभ देखिएका उनि जिल्लाको केआईसिंह गाउँपालिकाको सडकमा मजदुरी गर्ने मजदुर हुन् । उनलाई कार्यक्षेत्रबाट ल्याएर कुन अस्पतालको आईशोलेसन कक्षमा राख्ने भनि छलफल भैरहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

उनको र उनीसंगै काम गर्नेहरुको थप पीसीआर परिक्षणका लागि स्वाँब संकलन गरेर धनगढी पठाईने अस्पतालले जनाएको छ । पोजेटिभ देखिएका दुई जना संग कार्यरत मजदुरलाई क्वारेण्टाइनमा राखिने छ ।

पोजेटिभ देखिएका दुबै जिल्ला बाहिरका नागरिक हुन् । पिसिआर रिपोर्ट नआउदा सम्म सो सडकको काम बन्द गरिने छ ।

गत साता शनिवार पनि सिलगढी सडकमा काम गर्ने एक मजदुरमा आरडिटी नतिजा पोजेटिभ आएको थियो भने उनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि चार दिन पछि डिस्चार्ज गरिएको थियो । उनि संगै कार्यरत २३ जनालाई क्वारेण्टाईनमा राखिएको थियो ।

यस्तै विहिबार सिलगढीमा काम गर्ने जोरायल गाउँपालिकाकी २२ बर्षिया महिला मजदुरमा पनि आरडिटी नतिजा पोजेटिभ देखिएको थियो । उनको स्वाब संकलन गरी पिसिआरका लागि पठाईएको छ ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ जेष्ठ ९

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP