२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

कैलालीबाट अछाम जाँदै गरेको हाइस दुर्घटना, १३ जना घाइते

अछाम – कैलालीबाट अछाम जाँदै गरेको हाइस दुर्घटना भएको छ। कैलालीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ख३०४६ नम्बरको हाइस सडक भित्तामा ठोकिँदा करिब २६ जना सवार उक्त गाडीमा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी इश्वरीप्रसाद भण्डारीले बताए।

मंगलबार साँझ कर्णाली राजमार्गमा भएको दुर्घटनामा ८ जना घाईतेलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको र ५ जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको उनले बताए। घाईते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। दैलेख आठबिस नगरपालिका–४ का २५ वर्षीय रिदम शाही, अछामको ढकारी गाउँपालिका–१२ बस्ने ५० वर्षीया पार्वती शाही र सोही नगरपालिका–८ की ४ वर्षीया नेहा खड्काको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

गाडीका चालक बिमल दमाई फरार रहेको र खोजी कार्य भइरहेको बताइएको छ । दैलेख प्रहरीले दुर्घटना बारे थप अनुसन्धान पनि गरिरहेको छ ।

Related News

  • २०८१ आश्विन २३

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP