पवन महरा
डोटी- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वीरबहादुर बलायरले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न उच्चस्तरीय कुटनीतिक पहल जरुरी रहेको बताएका छन् । रेडियो डोटी सँगको अन्तरबार्तामा बलायरले नक्सा सार्वजनिक हुनु स्वागतयोग्य कार्य भएको भन्दै नक्सामा उल्लेखित भूमि फिर्ता गर्नका लागि कुटनीतिक पहल गर्नु पर्ने बताएका हुन् ।

भूमि रक्षाका लागि राष्ट्रिय एकता आवस्यक पर्ने भएकाले नेपाली काँग्रेसले सरकारलाई यस बिषयमा सहयोग गर्दै आएको नेता बलायरले बताए । राष्ट्रियताका लागि र नेपालको भूमि फिर्ता ल्याउन सरकारले अगाडि बढाउने सबै कदममा काँग्रेस सधैं साथमा रहने प्रतिबद्धता गर्दै उनले यस बिषयमा सरकार पनि संवेदनशिल र गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।
भारतले नेपाली भूमि मिचेर सडक बनाउनुमा चीनको पनि हात रहेकाले भारत चीन दुबै सँग राष्ट्रिय सहमति र एकतालाई आधार बनाएर प्रभावकारी कूटनीतिक माध्यमबाट वार्ता अगाडि बढाउनुपर्नेमा नेता बलायरले जोड दिए । उनले अगाडि भने,“यस बिषयमा सरकार संवेदनशिल हुनुपर्छ, सरकारको बक्तव्य जिस्काउने, होच्याउने, उग्र बनाउने खालको हुनुहुँदैन । यस बिषयमा आधिकारिक धारण प्रधानमन्त्रीले राख्नु पर्दछ । सरकारका अन्य बौद्धिक मन्त्रीहरुले आफु जथाभावी बोल्ने भएन । प्रधानमन्त्रीलाई सल्लाह दिएर प्रधानमन्त्रीलाई नै बोलाउन लगाउनु पर्दछ । प्रधानमन्त्री बोल्नु भनेको हरेक नेपाली बोल्नु हो ।”
नेपाली भूमि कुनै पनि मुलुकले मिच्ने आँट गर्न नसक्ने र गरिहाले एक इन्च पनि जमिन नछोड्ने बताउदै केन्द्रीय सदस्य बलायरले नेपालीको मान शान सगरमाथा जस्तै सधैं उच्च रहेको बताए । भारतको भूमि रक्षाका लागि, अन्य मुलुकमा शान्ती स्थापना गर्नका लागि नेपाली सुरक्षककर्मी र गोर्खा रेजमेण्टको महत्वपूर्ण योगदान रहेको बताउदै उनले त्यसको गुन तिर्न समेत भूमि फिर्ता हुनुपर्ने बताए ।
नक्सा जारी गर्नु भन्दा नक्साभित्रको भूमि फिर्ता ल्याउनु उपलब्धि भएकाले सरकारले सम्बन्धित दुई राष्ट्रसँग प्रमाण सहित टेवुलटक गर्ने बाताबरण मिलाउनु पर्ने केन्द्रीय सदस्य बलायरको तर्क छ । “सरकारले भारत र चीन सँग कुटनीतिक पहल गर्न नसक्ने भए नेपाली काँग्रेस भूमि फिर्ताका लागि त्यसको नेतृत्व गर्न तयार छ, बलायरले भने संसदमा बोलेर, भाषण गरेर केही हुनेवाला छैन । सबैको एक मत एक बोली हुनु प¥यो प्रधानमन्त्रीलाई बोल्न दिनु प¥यो हैन भने प्रधानमन्त्री प्रति विश्वास छैन भन्नु प¥यो ।
कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...