२०८१ बैशाख ६, बिहीबार
April 18, 2024, Thursday

सुदूरपश्चिमका नाकाबाट परीक्षण विना चारहजार भन्दा बढीको उद्दार

धनगढी-भारतमा अलपत्र नेपालीको कैलालीको गौरीफन्टा नाकाबाट चार दिनमा मात्रै चार हजार दुई सय भन्दा बढि नेपालीको उद्दार गरिएको छ। उद्दार कार्य अहिले पनि जारी राखिएको छ।

कोरोना भाईरसको प्रभावले भारतमा जारी लकडाउनपछि स्वदेश फर्किन सीमा नाकासम्म पुगेका मजदुरहरुको जिल्ला प्रशासन कार्यालय कैलाली र स्थानीय सरकारको समन्वयमा गौरिफन्टा नाकाबाट उद्दारको काम भइरहेको हो ।

२ र ३ गते नौँ सय ५०, ७ गते ८ सय ५८ र ८ गते दुई हजार चार सय ९८ जनाको उद्धार गरिएकोमा अधिकासंको ¥यापिड टेस्ट समेत नभएको हो। स्थानीय प्रशासनले दिएको जानकारी अनुसार २ र ३ गते भित्रिएका नौँ सय ५० जनाको भने ¥यापिड टेस्ट गरिएको थियो। महाराष्ट्रबाट आएका ६१ जनाको पीसीआर परीक्षण समेत गरिएको थियो।

तर ७ गते आएका ८ सय ५८ जनालाई ¥यापिड टेस्ट समेत नगरी गाउँ पठाईएको छ। ८ गते आएका दुई हजार चार सय ९८ जना मध्ये ६ सय जनाको मात्रै परीक्षण गरिएको सीमामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षले जनाएको छ। चार दिनको अवधिमा झण्डै तीन हजार नेपाली परीक्षण विना नै गौरीफन्टा नाकाबाट भित्रिएका छन्। 

स्थानीय प्रशासनले उद्धारका लागि समन्वय गरेपनि स्थानीय र प्रदेश सरकारले परीक्षणको व्यवस्थापन गर्न नसक्दा समस्या भएको हो। ‘ठूलो सङख्यामा नेपालीको उद्धार गरेका छौ,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘कीट नै नपाएपछि परीक्षण विना नै भित्र्याउन पर्ने बाध्यता रहेको छ।’ परीक्षणका लागि स्थानीय र प्रदेश सरकारसंग समन्वय भएपनि सबैको परीक्षण हुन नसकेको उनले बताए। 

यता सुदूरपश्चिम प्रदेश सरकारले भने कीटको अभाव रहेको जनाएको छ। नौँ वटा जिल्लामा झण्डै तीन हजार ¥यापिड कीट मौज्दात रहेपनि प्रदेश सरकारसंग भने माज्दात नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कीट अभाव रहेको स्विकार गरे। उनले ¥यापिड कीटका लागि स्वास्थ्य मन्त्रालयका र विभागसंग समन्वय भईरहेको बताए।

यसैगरी कञ्‍चनपुरको गड्डाचौकी नाकाबाट बिहीबार मात्र ५ सय भन्दा बढीको उद्दार गरिएको जिल्ला प्रशासन कार्यालय कञ्‍चनपुरले जनाएको छ। अझै उद्दार कार्य जारी रहेको बताइएको छ।


Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ जेष्ठ ९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP