२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

मध्यरातमा आलमको घरमा छापा : प्रहरीलाई नै घेराबन्दीमा पारेपछि १२ राउण्ड हवाईफायर

रौतहट- हत्या तथा विस्फोटक पदार्थ ओसारपसार मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका निलम्बित सांसद मोहम्मद आफताब आलमको रौतहटको राजपुरस्थित घरमा प्रहरीले मध्यरामा छापा मारेको छ।

सोही मुद्दाका फरार अभियुक्त आलमका भाइ महताब आलम घरमा आएको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

दुई दिन पछि आउन लागेको मुस्लिमहरुको पर्व इद उल फित्रको अवसरमा महताब घरमा आएको सूचनाको आधारमा प्रहरीले छापा मारेको जनाएको छ। यद्यपि, प्रहरीले महताबलाई फेला पार्न सकेन।

प्रदेश २ का प्रहरी प्रमुख सिंहले आलमका भाइलगायत तीन जना फरार अभियुक्त घरमा आएको सूचनाको आधारमा प्रदेश र रौतहट प्रहरीको संयुक्त टोलीले घरमा छापा मारेको बताए।

प्रहरीले छापा मारे लगत्तै गाउँलेहरु आलमको घर अगाडि ठूलो संख्यामा जम्मा भएर डाँका आयो भन्दै होहल्ला गरेपछि भीड हटाउन प्रहरीले १२ राउन्ड हवाइफायर समेत गरेको थियो।

आरोपित सांसद आलम भने नख्खु कारागारमा छन्।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ जेष्ठ ९

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP