२०८३ भाद्र ९, मंगलवार
August 25, 2026, Tuesday

मलेसियाले लगायो नेपाली लगायत विदेशीलाई रोक

मलेसियाले दुई साताका लागि सबै विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै मलेसियाले बुधबारबाट लागू हुने गरी यो निर्णय गरेको हो।

प्रधानमन्त्री मुहिदिन यासिनले मार्च ३१ सम्म सबै देशका नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको जानकारी गराएका हुन्। उनले टेलिभिजनमा सम्बोधन गर्दै मलेसियाका नागरिकलाई पनि सो मितिसम्म देशबाहिर जान रोक लगाएको बताए।

योसँगै नेपाली कामदार पनि अब दुई साता मलेसिया जान पाउने छैनन्। मलेसियाले कुनै पनि भेला, खेलकुद र धार्मिक गतिविधि गर्न समेत रोक लगाएको छ। साथै शैक्षिक संस्था समेत बन्द भएका छन्। सोमबारसम्म मलेसियामा कोरोना संक्रमित संख्या ५५३ पुगेको छ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०७६ चैत्र ४

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP