२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

डोटीमा असोज २० बाट बोगटान प्रिमियम लिग हुने

डोटी- डोटीमा असोज २० गतेबाट बोगटान प्रिमियम लिग हुने भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिकामा गाउँपालिका स्तरीय बोगटान प्रिमियम लिग (बिपिएल) पुरुष क्रिकेट प्रतियोगिता हुने भएको हो ।

बोगटान फुड्सिल गाउँपालिका र वडा नम्बर २ को मुख्य प्रायोजन तथा अन्य ६ ओटा वडाको प्रायोजन र बोगटान युवा सञ्जालको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको छ । दसैँ तथा दीपावलीको अवसरमा वडा नम्बर ६ गगुडामा प्रतियोगिता सञ्चालन हुन लागेको युवा सञ्जालका महासचिव समीर केसीले बताए ।

आयोजकका अनुसार प्रतियोगिताका लागि असोज १८ र १९ गते टिम दर्ता गर्न सकिनेछ । टिम दर्ता शुल्क ३ हजार पाँच सय रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार पुरस्कार पाउनेछ । द्वितीयले नगद ३० हजार, उत्कृष्ट खेलाडीले तीन हजार पाँच सय, उत्कृष्ट ब्याट्सम्यानले दुई हजार र उत्कृष्ट बलरले दुई हजार पाउनेछन् ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०८१ आश्विन १४

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP