२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

सीमामा एसएसबीकाे दादागिरी : शसस्त्र प्रहरी माथि हातपात, नेपालीमाथि कुटपिट

धनगढी- दार्चुलाको नेपाली सीमामा भारतीय सुरक्षाकर्मीहरुले ज्यादती गरेका छन् । सीमा क्षेत्रको नेपाल पट्टी आएर उनीहरुले दादागिरी देखाएका हुन् ।

फाइल फोटो

भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गरिरहेका नेपालीहरुमाथि कुटपिट गरेका छन् । त्यसैगरी सीमा क्षेत्रमा तैनाथ तीन जना शसस्त्र प्रहरीलाई पनि हातपात गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । विना कारण नेपालीहरुमाथि कुटपिट गर्न थालेपछि भिडियो खिचिरहेका पत्रकार किरन धामीको क्यामेरा पनि भारतीय सुरक्षाकर्मीले खोसेका छन् ।

उनीहरुले सीमा क्षेत्रको गरिरहेको हर्कतको भिडियो खिच्ने क्रममा क्यामेरा लगायतका सामाग्रीहरु खोसिएको प्रहरीले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०७७ जेष्ठ ८

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP