२०८३ असार १५, सोमबार
June 29, 2026, Monday

एशियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा बुधबार सम्पन्न खेलमा उज्बेकिस्तानले नेपाललाई ६-० गोल अन्तरले पराजित गरेको हो ।  नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल खाएको थियो ।

समूह बीमा यो जितपछि उज्बेकिस्तानको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपालले भने ३ खेलमा तीन अंक जोडेको छ ।

अघिल्लो खेलमा उज्बेकिस्तानले कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।

अब नेपालले शुक्रबार बहराइनसँग खेल्ने तालिका रहेको छ ।

Related News

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग
  • २०८१ आश्विन ९

ट्राफिक जरिवानासँगै राज्य पनि जवाफदेही हुनुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग...

TOP