२०८३ भाद्र ११, बिहीबार
August 27, 2026, Thursday

बैतडीमा एक पुरुष मृत फेला

बैतडी – बैतडीमा एक पुरुष मृत फेला परेका छन् । सिगास गाउँपालिका–५ खैरकोटका अन्दाजी ३८ वर्षीय रनी धामी मृत फेला परेका हुन् । उनी शुक्रबार सिगास गाउँपालिका – ३ को गजीण भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक राज ढुगांनाले बताएका छन ।

स्थानीयहरुले घास काट्ने क्रममा धामीलाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

धामीका १२ वर्षीय छोरा यही भाद्र ३० गते घरबाट भागेका थिए । सोहीदिन छोरालाई चिनेका आफन्तहरुले ठाँटा प्रहरी चौकीमा बुझाएको थाहा पाएपछि रनी दम्पती ३१ गते बिहान छोरालाई लिनभनि घरबाट आएको वडा सदस्य मान सिंह धामीले जानकारी दिए ।

रनीकी श्रीमती र छोरा घर पुगेका थिए । तर ५ दिनपछि शुक्रबार स्थानीयहरुले रनीलाई गजीण भिरमा मृत अवस्थमा फेला पारेको वडा सदस्य धामीले जानकारी दिए । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा
  • २०८१ आश्विन ५

सुदूरपश्चिममा १३ महिनामा ४३ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा महेन्द्रनगर –...

TOP