डोटी- डोटीका पाँच जना मजदुरको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सडकमा काम गर्ने मजदुरहरुको आरडिटी परिक्षणका क्रममा एकजनाको रिपोर्ट पोजेटिभ देखिएपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
जिल्लाको सदरमुकाम सिलगढीको सडकमा काम गर्ने मजदुर तथा निर्माण व्यवसायीहरुको शनिबार ¥यापिड डाईग्नेस्टिक टेस्ट (आरडिटी) परिक्षण गर्दा एक जना मजदुरको नतिजा पोजेटिभ आएको थियो । त्यस पछि सडकमा काम गर्ने २३ जनालाई क्वारेण्टाईन र नतिजा पोजेटिभ आएका एक जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
आरडिटी पोजेटिभ र उनि संगैका ४ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि धनगढी पठाईएको थियो । पाँचै जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले आइसोलेसनमा राखेकालाई आजै डिस्चार्ज गरिने बताए ।
डोटीका बिभिन्न ठाउँमा क्वारेण्टाइनमा बसेका सबैको पिसिआर परिक्षण गर्ने तयारी गरिएको छ । भोली डोटीबाट क्वारेन्टाइनमा बसेका ९ जनाको स्वाब संकलन गरेर पिसिआर परिक्षणका लागि पठाइने प्रमुख मलासीले बताए । उनका अनुसार क्वारेनटाइनमा बसेका सायल गाउँपालिकाका ३ जना, आदर्श गाउँपालिकाका ४ जना र जोरायल गाउँपालिकाको बुडरका २ जना गरी ९ जनाको पिसिआर परिक्षणका लागि स्वाब पठाईने छ ।
मजदुर मध्य पाँच जनाको पिसिआर परिक्षण नेगेटिभ आए पछि क्वारेण्टाइनमा राखिएका सबैलाई आजैबाट काममा पर्काइने छ । सम्बन्धित कार्यक्षत्रमा रहेर स्वास्थ्य मापदण्ड अनुसार काम गर्ने गरी फर्काइने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।
दिपायल – अटो दुर्घटनामा ज्यान गुमाएका युवा केशव महराको परिवारलाई...