२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

तीन दिन वर्षा र हिमपातको सम्भावना

बंगालको खाडीनजिकै शक्तिशाली चक्रवात बनिरहेकोले यसको असर नेपालमा पनि पर्ने भएको छ ।

‘अंपुन’ नाम दिइएको उक्त चक्रवातका कारण अबको केही घन्टापछि आँधी र भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

मौसमविद् बरुण पौडेलले अहिले उक्त चक्रवात १३ किलोमिटर प्रतिघन्टाका दरले उत्तरतिर सरिरहेको बताए ।

यो चक्रवात पश्चिम बंगाल र ओडिसा हुँदै दक्षिण-पूर्वी क्षेत्रबाट नेपालसम्म आइपुग्ने मौसमविद् पौडेलले जानकारी दिए ।

यो चक्रवातको प्रभाव यही जेठ ८ गतेसम्म रहने उनको भनाइ छ ।

जसका कारण मंगलबार (भोलि)देखि तीन दिनसम्म बदली हुने र पूर्वी तथा पश्चिमी क्षेत्रमा हिमपातसमेत हुनसक्ने अनुमान गरिएको छ ।

नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुई/तीन दिनमा तीन दिनसम्म देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकोले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७७ जेष्ठ ५

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP