पालमा कुल कोरोना संक्रमितको संख्या अढाईसय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको पछिल्लो जानकारी अनुसार संक्रमतिको संख्या दुइसय ५७ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालगञ्जमा मात्रै ४७ जनामा कोरोना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
नेपाली सेनाका एक उच्च अधिकारीलाई कोराना भाइरसको संक्रमण भएको छ । मध्यपूर्वी पृतनाका पृतनापति उपरथी ( जर्नेल) लाई संक्रमण भएको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक संक्रमितको सुचीमा दुईजना नेपाली सेनाका कर्मचारीमा कोरोना संक्रमण भएको जनाएको थियो । जसमध्ये ५२ वर्षिय व्यक्ति पृतनापति रहेको खुलेको छ । र अर्का काभ्रे घर भई महोत्तरीमा कार्यरत २६ वर्षिय व्यक्ति रहेका छन ।
कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने ३६ जना निको भएका छन्।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...