२०८३ श्रावण ४, सोमबार
July 20, 2026, Monday

नेपालमा २ सय ९५ कोरोना संक्रमित : दुई जनाको मृत्यु

शिस, डेस्क- नेपालमा कोभिड १९ संक्रमितको संख्या २ सय ९५ पुगेको छ । आइतबार मात्रै ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार प्रदेश १ मा तीन जना, विराटनगरमा दुई जना र धनकुटाका एक जना गरी ६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यसैगरी धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । तीमध्ये १७ जना उपचारपछि निको भएका छन् ।

नेपालमा कोरोनाकै कारण दुई जनाको मृत्यु भएको छ । शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु भएको थियो भने आइतबार बाँकेका २५ वर्षीय युवकको मृत्यु भएको छ । हाल सम्म संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।

Related News

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा
  • २०७७ जेष्ठ ५

संविधान कार्यान्वयनका लागि १६६ कानुन बनाइने, आर्थिक वर्ष २०८३/८४ लाई...

TOP