२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

गुगलले सगरमाथा चिनमा देखायो

शिस- नेपाली भूमिमा पर्ने विश्वको सर्बोच्च शिखर सगरमाथा (द माउन्ट एभरेस्ट) गुगलले चिनको भूमिमा देखाउन थालेको छ । नेपालको हिमाली जिल्ला सोलुखुम्बुमा पर्ने सर्बोच्च शिखर सगरमाथा यस अघि गुगलले नेपालमै देखाउन्थ्यो ।

नेपालको उत्तरी भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चाईनिज मिडियाहरुमा समाचार सम्प्रेषण भएलगत्तै गुगल नक्सामा सगरमाथा नेपाली भुभागबाट हटेर चिनमा देखीन थालेको हो ।


नेपालीको सान मान र पहिचान बनेको विश्वको सर्बोच्च शिखर सगरमाथा (द माउन्ट एभरेस्ट) पुर्णरूपमा नेपाली भु–भागमा पर्ने विश्वमै प्रमाणित छ । ८८४८ (आठ हजार आठ सय अड्चालिस) मिटर उचाई रहेको सगरमाथामा जानका लागि पनि नेपाली भूमि हुँदै जानुपर्छ ।

बिश्वकै प्रशिद्द मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन रवेब) गुगल म्याप्सले सगरमाथा नेपाली भूमिबाट हटाएर चिनमा राखेको छ । गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्दा सगरमाथा प्रष्ट रूपमा चिनमा राखेको देखिन्छ ।

यसरी उत्तरी छिमेकि चिनले सगरमाथा र दक्षिणको छिमेकी भारतले लुम्बिनीमा बेला-बेला कन्ट्राभर्सी प्रचार गर्दै आएका छन् ।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०७७ जेष्ठ ३

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP