२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

गुगलले सगरमाथा चिनमा देखायो

शिस- नेपाली भूमिमा पर्ने विश्वको सर्बोच्च शिखर सगरमाथा (द माउन्ट एभरेस्ट) गुगलले चिनको भूमिमा देखाउन थालेको छ । नेपालको हिमाली जिल्ला सोलुखुम्बुमा पर्ने सर्बोच्च शिखर सगरमाथा यस अघि गुगलले नेपालमै देखाउन्थ्यो ।

नेपालको उत्तरी भागमा रहेको सर्वोच्च शिखर आफ्नो भन्दै चाईनिज मिडियाहरुमा समाचार सम्प्रेषण भएलगत्तै गुगल नक्सामा सगरमाथा नेपाली भुभागबाट हटेर चिनमा देखीन थालेको हो ।


नेपालीको सान मान र पहिचान बनेको विश्वको सर्बोच्च शिखर सगरमाथा (द माउन्ट एभरेस्ट) पुर्णरूपमा नेपाली भु–भागमा पर्ने विश्वमै प्रमाणित छ । ८८४८ (आठ हजार आठ सय अड्चालिस) मिटर उचाई रहेको सगरमाथामा जानका लागि पनि नेपाली भूमि हुँदै जानुपर्छ ।

बिश्वकै प्रशिद्द मार्ग निर्देशन गर्ने सफ्टवयर (एप्लिकेशन रवेब) गुगल म्याप्सले सगरमाथा नेपाली भूमिबाट हटाएर चिनमा राखेको छ । गुगल म्याप्समा गएर Mount Everest सर्च गरी म्याप ट्रेस गर्दा सगरमाथा प्रष्ट रूपमा चिनमा राखेको देखिन्छ ।

यसरी उत्तरी छिमेकि चिनले सगरमाथा र दक्षिणको छिमेकी भारतले लुम्बिनीमा बेला-बेला कन्ट्राभर्सी प्रचार गर्दै आएका छन् ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०७७ जेष्ठ ३

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP