२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

अछामको सामुदायिक वनमा एक पुरुष मृत फेला

धनगढी। अछामको एक समामुदायिक वनमा पुरुष मृत फेला परेका छन । आइतबार साँझ चौरपाटी गाउँपालिका–१ स्थित सेलि सामुदायिक वनमा खोटो संकलनको काम गर्दै आएका रोल्पाका ४० वर्षीय भबिलाल घर्तिमगर मृत फेला परेका हुन ।

घर्तिमगर ३ दिनदेखि सम्पर्कविहीन थिए । उनी सम्पर्क विहिन भएको सूचना उनीसँगै काम गर्ने पौरख बस्नेतले प्रहरी गराएका थिए । खोजतलास गर्ने क्रममा घर्तिमगरको शव वनको भिरमा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

  • २०८१ भाद्र १७

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो...

TOP