२०८३ श्रावण २९, शुक्रबार
August 14, 2026, Friday

कोरोना संक्रमित भागेमा प्रहरीले गोली हान्न सक्ने

काठमाडौं- पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा प्रहरीले गोलीसमेत चलाउन सक्ने निर्णय भएको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बिहान बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो।

कार्कीले आइसोलेसनमा भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउनेलगायतका निर्णय गरेको जानकारी दिए।

‘भाग्न खोज्ने संक्रमित व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकताअनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोलीसमेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने निर्णय भएको छ’ कार्कीले नेपाल समयसँग भने।

बुधबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित युवक फरार भएपछि प्रशासनले यस्तो निर्णय गरेको हो। फरार दुवै जना फेलापरिसकेका छन्।

यस्तै बैठकले वैशाख ३० गते देखि लागू गरिएको निषेधाज्ञा थप प्रभावकारी बनाउने निर्णय गरेको छ।  कार्कीका अनुसार जिल्लामा कोभिड–१९ का संक्रमणका शंकास्पद व्यक्ति बढ्दै गएकाले तीमध्ये स्वास्थ्यकर्मीलाई क्वारेन्टिका रुपमा पहिचान गरिएका होटलमा र अन्य सबै व्यक्तिलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ।  बैठकमा सुरक्षा निकायका प्रमुखसहित जनप्रतिनिधिहरुको समेत उपस्थिति थियो।

Related News

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ
  • २०७७ जेष्ठ २

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस, आजै शपथ धनगढी –...

TOP