२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटीमा लकडाउन कडा पारियो : अत्यावश्यक बाहेक आवागमन र भिडभाड गर्न नपाइने

डोटी – कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको अवस्थामा डोटी जिल्लामा पूर्व सचेतना अपनाउन लकडाउनमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयले यस अघि दिएका सबै पासहरु रद्ध गरिएको छ ।

यस अघि डोटीमा जोखिम नदेखिएको भन्दै लकडाउन फितलो रहेको थियो । जिल्लाका विभिन्न ठाउँमा लकडाउनकै बीच भिडभाड हुने, खेल खेल्ने, बजारमा चहलपहल हुने, विना पास गाडीहरु, मोटरसाइकल चलाउने, कच्चिबाटोमा त दैनिक गाडी चल्ने गरेको थियो । अब उपरान्त त्यस्तो कार्य गर्न मनाही गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक अन्य काममा सवारी पास नमाग्न भनेको छ । सूचनामा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुने, शिकिस्त बिरामी तथा एवं सुत्केरीहरु उपचारार्थ जिल्ला बाहिर जानु परेमा एम्बुलेन्स उपलब्ध नभएको अवस्थामा मात्रै सवारी पास दिइने बताइएको छ ।

प्रशासनले विगत भैंm जिल्ला भित्र, सार्वजनिक ठाउँमा भिडभाड गर्ने, आवागमन गर्ने, खेल खेल्ने जस्ता कार्य नगर्न भनेको छ । त्यस्तै विकास योजना सञ्चालन गरिएका स्थानहरुमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्ने छ ।

आजबाट जिल्लाका बिभिन्न ठाउँहरुमा प्रहरीले चेकजाँचमा पनि कडाइ गरेको छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०७७ जेष्ठ २

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP