२०८१ कार्तिक २८, बुधबार
November 13, 2024, Wednesday

शिखर नगरपालिकाका जनप्रतिनिधिले कोरोना कोषमा १ लाख २० हजार जम्मा गर्ने

डोटी- शिखर नगर कार्यपालिकाका सम्पूर्ण सदस्यले कोरोना रोकथाम तथा न्युनिकरण कोषलाइ सहयोग गर्ने निर्णय गरेका छन् । नगरपालिकामा बसेको कार्यपालिका वैठकले नगरपालिकामा अवस्थित कोरोना रोकथाम तथा न्यूनिकरण कोषमा सवै कार्यापालिका सदस्यवाट १ लाख २० हजार जम्मा गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका नगर प्रमुखको १५ हजार, नगर उप प्रमुखको १० हजार, सवै वडाका अध्यक्षहरुको ५ हजारका दरले र अन्य सवै कार्यपालिका सदस्यको ५ हजारका दरले कोरोना रोकथाम तथा न्यूनिकरण कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख जोशीले बताए । कोभिड १९ कोरोना भाइरसको जोखिम बढ्दै गइरहेको परिवेशमा कोरोना रोकथाम तथा न्यूनिकरण कोषमा नगरकार्यपालिकाका सवै सदस्यले पनि सहयोग गर्ने निर्णय गरेको जोशीले बताए ।

‘नगरपालिकाका हजारौ नगरवासी अहिले पनि बाहिर रहेका छन, नगर प्रमुख जोशीले भने,’कोरोना भाइरसको जोखिम वढ्न सक्ने तथा बाहिर रहेका नगरवासी आउन सक्ने सम्भावनालाइ मध्यनजर गर्दै नगरपालिकामा सम्पूर्ण तयारी गरिरहेका छौ ।’

नगरपालिकाले कोरोना भाइरसवाट आइपर्ने समस्यालाइ मध्यनजर गर्दै झण्डै ४७ लाख बराबरको राहात कोष स्थापना गरेको छ । साथै नगर कार्यपालिकाको वैठकले नगर बाहिर प्रवासमा रहेका नागरिकको तथ्याङ्क संकलन गर्ने समेत निर्णय गरेको छ । त्यसैगरी वैठकले नगरपालिकाको कोरोना रोकथाम तथा न्यूनिकरण कोषमा सवै सुभचिन्तक, व्यापारी, कर्मचारीलाइ सहयोगकालागि आग्रह गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले नगरपालिकामा क्वारेन्टाइन व्यवस्थापन सामग्री, स्वास्थ्य सामग्री, अौषधी, मास्क, सावुन, पहिलो चरणको खाद्य सामग्री खरिद तथा वितरण गरिसकेको नगरका प्रशासकिय अधिकृत धर्मराज विनाडीले बताए ।

Related News

कैलालीमा धान उत्पादन वृद्धि
कैलालीमा धान उत्पादन वृद्धि
  • २०७७ जेष्ठ २

कैलाली । कैलालीमा किसान धान भित्र्याएर हिउँदे बाली लगाउने तयारीमा...

TOP