२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

डोटीमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

डोटी – भारतले नेपाली भूमि अतिक्रमण गरेको बिरोधमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । नेपाल विद्यार्थी संघ डोटीले दिपायल पिपल्लामा पुत्ला दहन संगै बिरोध र्याली निकालेको हो ।

मुलुक कोरोना भाइरस संगको लडाइमा रहेका बेला भारतले नेपाली भूमि लुट्ने प्रयास गरेकोले बिरोध गरिएको नेवि संघका नेता दिपेन्द्र सिंहले बताए । उनले सरकार भारतले सीमा मिचिदा समेत मौन रहनुको कारण नेपाली भूमी बिक्रि गरिसकेको आरोप लगाए । नेविसंघ लाचार सरकार र लुटेरा छिमेकीका बिरूद्ध संघर्षमा उत्रिने सिंहले बताए ।

नेवि संघले पुत्ला दहन पछि आयोजना गरेको कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस डोटीका सदस्य जीत खड्काले सरकारका गतिविधिका कारण जनता कोरोनाको वास्ता नगरी सडकमा निस्किनु पर्ने बाध्यता आएको बताए ।

प्रदर्शनपछि गरिएको कोणसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति विजय खड्काले प्रधानमन्त्रीको खोक्रो राष्ट्रबाद नाङ्गिएको बताए । उनले भने,’विगतमा राष्ट्रबादको चर्को नारा लाएर चुनाव जितेका कमरेड ओली अहिले लम्पसारबादमा परिणत भएको छ ।’


कार्यक्रममा नेविसंघका नेताहरू रेशमबिक्रम खड्का र श्याम ओझाले पनि मन्तव्य राखेका थिए ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७७ जेष्ठ १

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP