२०८२ कार्तिक २२, शनिबार
November 8, 2025, Saturday

कैलाली र दार्चुलाबाट साढे ६लाख बढीको सामान बरामद

‌‌दिपायल– प्रहरीले कैलाली र दार्चुलाबाट भन्सार छलिका सामान बरामद गरेको छ ।

आइतबार धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराहा र मिलनचोक, धनगढी उपमहानगरपालिका – ५ हंसनपुर, धनगढी उपमहानगरपालिका – ७ मनहेरा, धनगढी उपमहानगरपालिका –१० घुइयाघाट, धनगढी उपमहानगरपालिका –१५ उर्मी, गौरीगंगा नगरपालिका ४ राजीपुर, भजनी नगरपालिका –८ कृष्णनगर, भजनी नगरपालिका –९ पहलवान भुरुवा, जोशीपुर गाउँपालिका –३ लक्कड र कैलारी गाउँपालिका – ५ पवेरा र दार्चुलाको शैल्यशिखर नगरपालिका – ९ गोकुलेश्वर बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएका सामान बरामद गरिएका हुन ।

कैलालीबाट बरामद गरिएको सामान ६ लाख ३६ हजार ४४० रुपैयाँ बराबरको प्याज, चिनी, बिडी, सुर्ती, पानीपुरी, चक्लेट, भेष्ट, कट्टु, पेन्टि, ब्रा, फिल्टर, इलाष्टिक हक, भोल्टेज रेगुलेटर, ओइल फिल्टर प्लग, प्युल फिल्टर, स्टेरिङ कोन, पिटि क्याप विथ कि, स्विच, ताला, मोटर, झ्याल ढोकामा लगाउने जीआई जाली लगायतका सामानहरु रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

त्यस्तै दार्चुलाबाट ३१ हजार बराबरको बिडी बरामद गरिएको प्रहरीले जनाएको छ ।

Related News

आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
आज शिखर नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा शोक बिदा
  • २०८१ भाद्र १०

दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...

TOP