२०८० फाल्गुन २१, सोमबार
March 4, 2024, Monday

कोरोना संक्रमितको संख्या २४५ मात्रै : मन्त्रालयको त्रुटिपूर्ण वक्तव्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान ७ जना नयाँ संक्रमित थपिएको भनेर दिएको संख्या त्रुटिपूर्ण देखिएको छ।

कपिलबस्तु र काठमाडौंबाहेक धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना नयाँ संक्रमित थपिएको भनेर मन्त्रालयले दिएको सूचना गलत पाइएको हो।

मन्त्रालयका सह-प्रवक्ता डा.समीरकुमार अधिकारीले बिहीबार बिहान पहिला काठमाडौं र कपिलबस्तुमा दुई संक्रमित थपिएका भन्दै विज्ञप्ति जारी गरेका थिए। पछि थप पाँच जना संक्रमित धनुषा, महोत्तरी र सर्लाहीमा फेला परेको भन्दै अधिकारीकै नाममा अर्को विज्ञप्ति आएको थियो। जसमा संक्रमितकाे संख्या २५० पुगेकाे उल्लेख छ।

धनुषा, महोत्तरी र सर्लाहीमा पाँचजना संक्रमित पाइएको पुष्टि गएको मंगलबार नै मन्त्रालयले गरेको थियो। मन्त्रालयले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ती निकालेको थियो।

आज (बिहीबार) बिहान भने मंगलबार नै फेला परेका संक्रमितको जिल्लाको स्थानीय तहको ठेगाना र उमेर समेत खुलाएर पुनः विज्ञप्ति निकालिएको छ। 

जसमा धनुषा, महोत्तरी र सर्लाहीका कोरोना संक्रमितको उमेर हेर्दा मन्त्रायले गरेको त्रुटि प्रष्ट हुन्छ।

यस अनुसार हेर्दा बिहीबार बिहान २ जना मात्रै नयाँ कोरोना संक्रमित थपिएका हुन्। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ मात्रै हो।

Related News

औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा चोपडा
  • २०७७ जेष्ठ १

दिपायल – नेपाल औषधि व्यवसायी संघ डोटीको अध्यक्षमा हिक्मत सिंह...

TOP