डोटी- शिखर नगरपालिकालाई २० क्विन्टल चामल हस्तान्तरण गरिएको छ । युवा अभियान्ता दिपेन्द्र सिंहले सञ्चालन गरेको राहत संकलन तथा वितरण कार्यक्रम अन्तरगत चामल हस्तान्तरण गरिएको हो ।

नेवि संघ डोटीका नेता (अभियान्ता) सिंहले डोटीका स्थानिय तहहरू मार्फत जिल्लाका विपन्न तथा गरिव मजदुर परिवारकालाई खाद्यान्न वितरण गर्दै आएका छन् । अभियानलाई विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले सहयोग गरेका थिए । संकलित राहत डोटीका विभिन्न स्थानिय तहहरूमा पुर्याउँन नेपाली काँग्रेस डोटीका क्षेत्रिय सभापति विजय खड्काले सहयोग गरिरहेका छन् ।
राहत हस्तान्तरण कार्यक्रममा बोल्दै क्षेत्रिय सभापति खड्काले युवा अभियान्ता सिंहले संकटको घडिमा सञ्चालन गरेको अभियानले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई राहत पुग्ने बताए । भाइरसका कारण विश्वनै आतंकित भैरहेको अवस्थाले नेपालमा पनि महामारीले गति लिइरहेको बेला सरकार गैरजिम्मेवार भएको आरोप लगाउँदै यस्ता अभियानले सरकारले गर्न नसकेको कार्य गर्न सकिने बताए ।
चामल गृहण गर्दै नगरपालिका नगर प्रमुख सिताराम जोशीले यस अघि नगरमा राहत वितरण गर्दा छुटेका, राहतका लागि आह्वान गरेका विपन्न परिवारलाई उक्त राहत वितरण गरिने बताए । जोशीले युवा अभियान्त सिंहले चालेको अभियान सर्हानिय भएको बताउँदै नगर सरकार पनि जनताको भोको पेट हुन नदिन सचेत रहेको बताए । विभिन्न दाताले उपलब्ध गराएको राहत सहयोग संगै नगरले पनि आफ्नो तर्फबाट नगरबासीका सहयोग गरिरहेको बताए । उनले जनताको स्वास्थ्य सुरक्षाका लागि नगरले विभिन्न पहल चालिरहेको बताए ।
अभियान्ता सिंह दिर्घ रोगीलाई घरघरमै औषधि पुर्याउँने , क्वारेण्टानमा बसेकालाई पुस्तक उपलब्ध गराउने तथा खाद्यान्न वितरण गर्ने कार्यमा सक्रिय छन् । राहत वितरण अभियान अन्तरगत डोटी जिल्लाका ९ वटै स्थानिय तहलाई चामल वितरण गरिने अभियान्ता सिंहले बताए ।

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...