२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

सुदूरपश्चिम पृतना मुख्यालय दिपायलबाट कैलाली सर्यो

कार्यालय सर्ने कुरा भ्रम हो भन्ने मुख्यमन्त्री मौन

डोटी सुदूरपश्चिम पृतना मुख्यालय राजपुर दिपायलबाट कैलालीको तेघरीमा सरेको छ । स्थापना भएको १७ वर्षमा सुदूरपश्चिम पृतना सोमबार दिपायलबाट सरेको हो ।

वि.स. २०६० सालमा डोटी जिल्लाको राजपुरमा स्थापना भएको मुख्यालय तेघरीमा सरेको छ । सेजनाको मुख्यालय साविकको सुदूरपश्चिम विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम राजपुर डोटीमा अवस्थित थियो ।

संघीय गणतन्त्र स्थापना भएपछि सुदूरपश्चिम प्रदेशको राजधानी कैलाली स्थापना गरिएपछि सेनाको पृतना पनि कैलाली सारिएको सुदूरपश्चिम पृतना मुख्यालयले जनाएको छ । राजपुरबाट मुख्यालय सारिए सँगै कैलालीमा रहेको श्री नं ५ बाहिनी अड्डा र बाहिनी मातहतका सम्पूर्ण युनिट दिपायल राजपुर आउने तयारी भैरहेको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले साविकको क्षेत्रिय सदरमुकाम रहेको डोटीबाट कुनै पनि तत्कालिन क्षेत्रिय कार्यालयहरु नसारिने बताएका थिए । मुख्यमन्त्री भट्टले सबै कार्यालयहरु प्रदेश सरकार अन्तरगत आउने भएकाले कार्यालय सारिने कुरा भ्रम रहेको बताउँदै आएका थिए ।

क्षेत्रिय कार्यालय तथा ठुला योजनाहरु प्रदेश सरकार अन्तरगत आउने भएकाले सरकारी सम्पतीको दुरुपयोग नहुने त्यसको उचित उपयोग हुने बताएका मुख्यमन्त्री भट्ट कार्यालय सरेको बारे बेखबर बन्दै आएका छन् ।

भट्ट मुख्यमन्त्री भैसकेपछि डोटीमा रहेका धेरैजसो कार्यालयहरु कैलाली सारिएका छन् भने कतिपए कार्यालयहरु कैलालीमा भाडाको घरमा संचालन हुँदै आएका छन् । पछिल्लो समय कार्यालय सारिएको कुरामा मुख्यमन्त्री मौन छन् ।

मुख्यमन्त्री भैसकेपछि पहिलो पटक डोटी आउँदा मुख्यमन्त्री भट्टले बोलेको भिडियो

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७७ बैशाख २९

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP