२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

पत्रकार माथी आक्रमण गर्नेलाई कडा कारबाही गर्न युनियनको माग

शिस डेस्क- नेपाल प्रेस युनियनले बाराका पत्रकार पवन यादवमाथी आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । युनियनले सोमबार विज्ञप्ती जारी गर्दै सदरमुकामबाट घर जाने क्रममा आक्रमण गर्ने अराजक समुहलाई कारबाही गर्न माग गरेको हो ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा बारामा पत्रकार माथी भएको आक्रमणको घटनाले नेपालमा मौलाउँदै गएको दण्डहिनतालाई समेत उजागर गरेको उल्लेख छ । युनियनले घाइते पत्रकार यादवको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आक्रमणकारीहरुको तत्काल खोजी गरि तोडफोड गरिएका संचार सामग्रीको उचित क्षतिपूर्ती सहित कडा कारबाही गर्न माग गरेको छ ।

आइतबार साँझ तराई मधेश दैनिकमा आवद्ध पत्रकार पवन यादवलाई अराजक समुहले कलैयामा आइतवार राती सांघातिक आक्रमण गरि घाइते बनाएको थियो । बारा सदरमुकाम कलैयाबाट काम सकेर कलैया उमहानगरपालिका १६ उत्तरजीतगैयाँस्थित घर जाने क्रममा वडा नं २ हनुमान मन्दिरमा यादवमाथि आक्रमण भएको थियो । कलैया उपमहानगरपालिका वडा नं ३ भवानिपुरका केहि अराजक यूवाहरुले पुजारीलाई दुव्र्यवहार गरेको देखेर सम्झाउन मोटरसाईलबाट झरेका यादवलाई उल्टै उनीहरुले आक्रमण गरेका थिए ।

४ जनाको समुहमा रहेका अराजक समूहले गरेको अन्धाधुन्द आक्रमणबाट यादवको अनुहार र शरीरका विभिन्न भागमा नीलडाम र चोट लागेको छ । आक्रमणकारीहरुले उनको साथमा रहेको क्यामेरा, ल्यापटप लगायतका संचार सामग्री समेत तोडफोड गरेका थिए । पत्रकार यादवको स्थानिय कलैया अस्पतालमा उपचार भइ राती नै डिस्चार्ज भएका थिए ।

घटनामा संलग्न आक्रमणकारीको स्थानियले बताए अनुसारको हुलीयाका आधारमा खोजिकार्य भैरहेको बारा प्रहरीले जनाएको छ ।

Related News

उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
उपनिर्वाचन : डोटीको पूर्वीचौकी – ६ मा कांग्रेसका थापा विजयी
  • २०७७ बैशाख २९

दिपायल, मंसिर १६ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका –...

TOP