२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

पुर्विचौकी गाउँपालिका लाइ २५ क्विन्टल चामल सहयोग

रोशन कठायत, शिखर समाचार

डोटी – पुर्विचौकी गाउँपालिकालाइ २५ क्विनटल चामल हस्तानतरण गरिएको छ । लकडाउनका कारण समस्यामा परेका गाउँपालिकाका विपन्न तथा मजदुर परिवारका लागि गाउँपालिका मार्फत खाद्यान्न (चामल) हस्तानतरण गरिएको हो ।

युवा अभियन्ता दिपेन्द्र सिंहले आइतबार गाउँपालिकामै गएर विभिन्न व्यक्ति तथा संस्थाबाट संकलन गरिएको राहत हस्तान्तरण गरिएका हून् । पुर्विचौकी गाउँपालिकाका लागि समाजसेवी नेपाली काँग्रेसका नेता लक्ष्मण खड्काले २० क्विन्टल चामल सहयोग गरेका थिए ।

युवा अभियान्ता दिपेन्द्र सिंहले सञ्चालन गरेको राहत संकलन तथा वितरण कार्यक्रम मार्फत डोटीका विभिन्न ठाउँमा राहत (खाद्यान्न) वितरण गरिदै आएको छ । सिंहले सञ्चालन गरेको अभियान अन्तरगत क्वारेण्टाइनमा रहेका व्यक्तिहरुलाई ज्ञानवर्दक पुस्तकहरु प्नि वितरण गरिएको थियो । त्यस्तै सिंहले जिल्लामा रहेका दिर्घरोगीहरुलाई घरमै स्वास्थ्यकर्मी लगेर निःशुल्क चेकजाँच तथा औषधि उपलब्ध गराउँदै आएका छन् ।

राहत वितरण अभियान अन्तरगत आइतवार एक कार्यक्रमका विच नेपाली काङग्रेस डोटी क्षेत्र नम्वर १ का क्षेत्रीय सभापति विजय खड्काले गाउँपालीकाका अध्यक्ष दिर्घराज वोगटीलाइ चामल हस्तान्तरण गरेका थिए । चामल ग्रहण गर्दै गाउँपालीका अध्यक्ष दिर्घराज वोगटीले अभियान्ताबाट प्राप्त खाद्यान्नको सहि सदुपयोग हुने र वास्तविक विपन्न परिवारलाई हस्तान्तरण गरिने बताए ।

कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले आह्वान गरेको लकडाउनका समयमा जिल्लाका विपन्न, गरिव तथा मजुरहरुको पेट भोको नरहोस्, दिर्घ रोगीहरुले औषधि नपाएर तड्पीन नपरोस् भनेर नितान्त सेवाभावले अभियान संचालन गरिएको अभियान्ता सिंहले बताए । सिंहले राहत संकलन तथा वितरण कार्य जारी रहेको बताउँदै विभिन्न ठाउँबाट सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे ।

युवा अभियान्ता सिंह नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ डोटीका नेता हुन् ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७७ बैशाख २९

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP