२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

समाजसेवी खड्काद्वारा एक ट्रक चामल सहयोग

डोटी, लकडाउनका कारण समस्यामा परेका मजदुर तथा विपन्न परिवारका लागि डोटीमा एक ट्रक (८० क्विन्टल) चामल पुगेको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं.– १ तिखा घरभइ धनगढीमा व्यापार गर्दै आएका समाजसेवी लक्ष्मण खड्काले उक्त चामल गृह जिल्ला पठाएका हुन् ।

युवा अभियान्ता दिपेन्द्र खड्काले सञ्चालन गरेको राहत संकलन तथा वितरण कार्यक्रम मार्फत डोटीका विपन्न तथा मजुर परिवारका लागि चामल पठाएका हुन् । खड्काले व्यक्तिगत रुपमा आफ्नो अभियान मार्फत आज सम्म संकलन गरिएको राहत मध्य सबै भन्दा बढी खाद्यान्न उपलब्ध गराएको युवा अभियान्ता सिंहले बताए ।

कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले जारी गरेको लकडाउनले गर्दा आफ्नो गृह जिल्लाका जनतारु भोकै बस्नु नपरोस् भनी नितान्त सेवाभावका साथ खाद्यान्न पठाएको खड्काले बताए । शिखर समाचार संगको कुराकानीमा खड्काले तत्कालका लागि गरिव, विपन्न तथा मजदुर जनताको पेट भोको नरहोस् भनेर खाद्यान्न पठाएको बताए । उनले भने,‘कोरोना भाइरसको महामारीले विश्वनै संकटमा छ । यस्तो बेला हामिले सक्दो सहयोग गर्नै पर्छ । अहिलेका लागि खाद्यान्न पठाएको छु । त्यस्तै परिस्थिति आए अझै पनि सक्दो सहयोग गर्ने छु ।’

खड्काले डोटी जिल्लाका चार वटा स्थानीय तहहरु दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका , सायल गाउँपालिका र आदश गाउँपालिकाका लागि प्रति स्थानीय तह २० क्विन्टलका दरले ८० क्विन्टल चामल ढुवानी खर्च समेत आफै तिरेर डोटी पु¥याएका थिए । खड्काले पठाएको खाद्यान्न सम्बन्धित पालिकामा वितरण भैरहेको युवा अभियान्ता सिंहले बताए ।

खाद्यान्न राहत उपलब्ध गराउने समाजसेवी खड्का नेपाली काँग्रसका नेता हुन् । उनि यस अघि नेपाली काँग्रेसबाट प्रदेशसभाका लागि डोटीको निर्वाचन क्षेत्र ‘क’ बाट उमेद्वारका दावेदार थिए ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७७ बैशाख २८

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP