२०७७ मंसिर १८, बिहीबार
December 3, 2020, Thursday

लिपुलेक हुँदै चिन जोड्ने सडक आफ्नै इलाकामा पर्ने भारतको दावी

शिस- भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको बिषयमा प्रतिक्रिया दिएको छ । भारतको विदेश मन्त्रालयले उत्तराखण्ड राज्यको पिथौरागढ़ जिल्लामा भर्खरै उद्घाटन गरिएको सडक खण्ड पूर्ण रूपमा भारतको इलाकामा अवस्थित रहेको दावी गरेको छ। 

नेपालले जनाएको औपचारिक प्रतिक्रियालाई जानकारीमा लिएको भन्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ती निकाल्दै भारतको इलाकामा अवस्थित सडक कैलास मानसरोवर यात्राका तीर्थयात्रीहरूले प्रयोग गरेको पूर्व अवस्थित मार्गकै अनुसरण भएको जनाएका छन्।

नेपाल सरकारले नेपाली भूमि लिपुलेक सम्पर्क सडकबाट जोडिएको र त्यसको शुक्रबार भारतले उद्घाटन गरेको सार्वजनिक जानकारीमा आउनुलाई खेदपूर्ण भने लगत्तै भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको हो। 

नेपाल भारत सीमाका कतिपय विवादहरु हल गर्न दुई देशबीच संयन्त्रहरु रहेको र ति संयन्त्रहरु कोभिड १९को महामारी सामना गरेपछि पुन संचालनमा आउने भारतीय विदेश मन्त्रालयले जनाएको छ। 

भारत सरकारका तर्फबाट विदेश मन्त्रालयमा प्रवक्ताले तीर्थयात्रा, स्थानीय र व्यापारीहरूको सहज र सुविधाको लागि उही सडक भारत सरकारले बनाउन लागेको बताएको छ। भारत र नेपालले सबै सीमानाका मामिलाहरू सम्हाल्न संयन्त्र स्थापना गरेको उल्लेख गर्दै भारतीय विदेश मन्त्रालयले नेपालसँग सीमा रेखाचित्र अभ्यास चलिरहेको समेत जनाएको छ। 

‘कूटनीतिक वार्ताबाट र नेपालसँगको हाम्रो घनिष्ट र द्विपक्षीय मैत्री सम्बन्धको भावनामा उल्लेख्य सीमा समस्याहरूको समाधान गर्न भारत प्रतिबद्ध छ,’ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्,’ दुबै पक्ष विदेश सचिवस्तरीय वार्ताहरूको तालिका बनाउने प्रक्रियामा रहेका छन्। दुई देशका सरकारहरूले कोवीड १९को महामारीको सफलतापूर्वक सामना गरे पछि दुवै पक्षबीच मितिहरू तय भएपछि वार्ता  हुनेछ।‘

Related News

केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
केपी ओली लोकतन्त्रका लागि होइन, ज्यान मुद्दामा जेल परेका हुन् : रामचन्द्र पौडेल
  • २०७७ बैशाख २८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि तिखो टिप्पणी गरेका छन् । ओली लोकतन्त्रका लागि नभई...

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास
  • २०७७ बैशाख २८

उपमेयरलाई गाडीभित्रै जिउँदै जलाउने प्रयास भएको छ । झापाको मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेतीलाई आज दिउँसो चारआली चोक नजिक गाडीभित्रै...

गरिखान देउ भन्दै सडकमा व्यवसायी
गरिखान देउ भन्दै सडकमा व्यवसायी
  • २०७७ बैशाख २८

काठमाडौं– रात्रिकालीन व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायी गरिखान देउ भन्दै सडकमा सडकमा उत्रिएका छन् । कोभिड–१९ को जोखिमका कारण...

TOP