२०८३ श्रावण १, शुक्रबार
July 17, 2026, Friday

नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुग्यो : ३१ जना डिस्चार्ज

उदयपुरको भुल्केका थप एक जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ। यीमध्ये ३१ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने बाँकी विभिन्न अस्पतालमा उपचाररत छन्।

आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ।

योसँगै उदयपुरमा एकै दिन चार महिलामा कोरोनाको संक्रमण देखिएको छ। आज साँझ थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ।

Related News

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न माग
  • २०७७ बैशाख २७

‘मास्टर्नी’ चलचित्रको प्रमोसन गीतप्रति नेपाल शिक्षक महासंघको आपत्ति, प्रसारण रोक्न...

TOP