डोटी- नेपाल प्रेस युनियनले पूर्व मन्त्री बास्कोटा र सांसद आलेलाई रेडियो नेपालबाट बर्खास्त गरिएका पत्रकारहरूको पुनर्वहालीका लागि सक्रिय हुन सचेत गराएको छ । युनियनले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै पुनर्वहाली नगरिए श्रमजिवी पत्रकारहरुको हितको लागि युनियन कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएको छ ।

प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा रेडियो नेपाल दिपायलमा लामो समयदेखि कार्यरत नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बम, उपाध्यक्ष चक्र कुँवर केन्द्रिय पार्षद सुनिता रावललाई डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद प्रेम आलेको सिफारिस तथा तत्कालिन संचारमन्त्री गोकुल वास्कोटाको ठाडो आदेशमा रेडियो नेपाल व्यवस्थापनले हटाइएको प्रमाण सार्वजनिक भएको कुरामा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्ती मार्फत युनियनले श्रमजिवी पत्रकार तीनै जनालाई युनियनसँग आवद्ध भएकै आधारमा हटाउन सिफारिस गर्ने सांसद आले र हटाउन निर्देशन दिने पूर्व मन्त्री बास्कोटालाई घटनाले श्रमजिवी पत्रकारका दुश्मनका रुपमा चित्रित गरेको जनाएको छ।
विज्ञप्तीमा भनिएको छ,”श्रमजीवि वर्गका कुरा गरेर नथाक्ने सरकार र यसका मन्त्री एवं सरकार सम्वद्ध दल नेकपाकै सांसद रेडियो नेपालमा लामो समयदेखि कार्यरत पत्रकारहरुलाई कामबाट निष्काशन गर्न लाजमर्दो ढंगले प्रस्तुत हुनु निन्दनीय छ। श्रमजिवी नागरिकको श्रमको सुरक्षा गर्नुपर्ने सरकारले पत्रकारको श्रम खोस्ने कार्य सर्वथा अनुचित छ। देशका जिम्मेवार सांसद र मन्त्रीको यस्तो निन्दनिय, संविधानविरोधी, लोकतन्त्रविरोधी कर्तुतको सिकार भएका सबै पत्रकारहरुको तत्काल पुनर्वहाली गर्न सम्बन्धित पक्षसंग युनियन फेरि एकपटक जोडदार माग गर्दछ।”
युनियनले गैह्रजिम्मेवार कर्तुतमा सहभागि निवर्तमान मन्त्री एवं सांसद वास्कोटा र सांसद आलेलाई आत्मालोचना सहित माफी माग्दै हटाइएका पत्रकारहरुको पुनर्वहालीको लागि सक्रिय हुन सचेत गराएको छ ।
प्रेस विज्ञप्तीको पूर्ण पाठ
मितिः २०७७ वैशाख २७
प्रेस विज्ञप्ती
रेडियो नेपाल दिपायलमा लामो समयदेखि कार्यरत नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बम, उपाध्यक्ष चक्र कुँवर केन्द्रिय पार्षद सुनिता रावललाई डोटी जिल्लाबाट प्रतिनिधित्व गर्ने नेकपाका सांसद प्रेम आलेको सिफारिस तथा तत्कालिन संचारमन्त्री गोकुल वास्कोटाको ठाडो आदेशमा रेडियो नेपाल व्यवस्थापनले हटाइएको प्रमाण सार्वजनिक भएको कुरामा नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ।
श्रमजिवी पत्रकार त्रयलाई युनियनसँग आवद्ध भएकै आधारमा हटाउन सिफारिस गर्ने सांसद आले र हटाउन निर्देशन दिने पूर्व मन्त्री वास्कोटा श्रमजिवी पत्रकारका दुश्मनका रुपमा यो घटनाले चित्रित गरेको छ। श्रमजीवि वर्गका कुरा गरेर नथाक्ने सरकार र यसका मन्त्री एवं सरकार सम्वद्ध दल नेकपाकै सांसद रेडियो नेपालमा लामो समयदेखि कार्यरत पत्रकारहरुलाई कामबाट निष्काशन गर्न लाजमर्दो ढंगले प्रस्तुत हुनु निन्दनीय छ। श्रमजिवी नागरिकको श्रमको सुरक्षा गर्नुपर्ने सरकारले पत्रकारको श्रम खोस्ने कार्य सर्वथा अनुचित छ। देशका जिम्मेवार सांसद र मन्त्रीको यस्तो निन्दनिय, संविधानविरोधी, लोकतन्त्रविरोधी कर्तुतको सिकार भएका सबै पत्रकारहरुको तत्काल पुनर्वहाली गर्न सम्बन्धित पक्षसंग युनियन फेरि एकपटक जोडदार माग गर्दछ।
साथै यस्तो गैह्रजिम्मेवार कर्तुतमा सहभागि निवर्तमान मन्त्री एवं सांसद वास्कोटा र सांसद आलेलाई आत्मालोचना सहित माफी माग्दै हटाइएका पत्रकारहरुको पुनर्वहालीको लागि सक्रिय हुन सचेत गराउँछौ। अन्यथा, श्रमजिवी पत्रकारहरुको हितको लागि युनियन कडा रुपमा प्रस्तुत हुने चेतावनी दिन चाहन्छौ।
धन्यवाद। जय नेपाल ।
अजयबाबु शिवाकोटी
महासचिव
यो पनि पढ्नुस्
पूर्वमन्त्री बास्कोटा र सांसद आलेका बिरुद्ध पत्रकार महासंघ र प्रेस युनियन
सांसद आलेको निवेदन, मन्त्री बास्कोटाको तोकले श्रमजीवीको पेटमा यसरी लात हानिएको थियो
दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...