शिस, डोटी- शिक्षा विकास निर्देशनालय सुदूरपश्चिम प्रदेश दिपायलले सामुदायिक तथा संस्थागत विद्यालयलाई सामाजिक सञ्जाल मार्फत प्रकासन नगर्न निर्देशन दिएको छ । निर्देशनालायले बुधबार एक सूचना जारी गर्दै प्रदेश अन्तरगतका विद्यालयहरुलाई सामाजिक सञ्जाल मार्फत नतिजा प्रकासन नगर्न भनेको छ ।

निर्देशनालयका कामु निर्देशक दुर्गादत्त बिष्टद्वारा हस्ताक्षरित सूचनामा सामाजिक सञ्जाल मार्फत परिक्षाको नतिजा प्रकासन नगर्न नगराउँन भनिएको छ । सामाजिक सञ्जालमा गर्नै पर्ने भए विद्यार्थीको नाम उल्लेख नगरि रोल नम्बरमात्रै राखेर प्रकासन गर्न भनिएको छ ।
निर्देशनालयले सामाजिक सञ्जालमार्फत नतिजा प्रकासन नगर्न भने पनि बिहिबार मात्रै कतिपय बिद्यालयहरुले नतिजा प्रकासन गरेका छन् ।

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...