शिस- नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । बिहीबार बेलुका कपिलवस्तुका थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिए संगै संक्रमितको संख्या १ सय १ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा कपिलवस्तुका १६ र २२ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो । यसअघि छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण भेटिएको थियो ।
नेपालमा कोरोना संक्रमितमध्ये १९ जना निको भएर घर फर्किसकेका छन् भने प्रदेश १ का थप ८ जना शुक्रबार डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...