काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवासी नेपालीहरूलाई स्वदेश फर्काउँन सरकारसँग माग गरेका छन् । देउवाले प्रधानमन्त्रीलाई फोन गर्दै रोजगारीको सिलसिलामा मुलुकबाहिर रहेका, नेपाल फर्किन चाहने, अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउन आग्रह गरेका हुन् ।
नेपाली काँग्रेसको छाया अर्थ मन्त्रालयले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली संगको फोन सम्वादमा प्रवासी नेपालीलाई स्वदेश फर्काउन आग्रह गरेको बताए ।
जवाफमा प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउनेबारे सल्लाह गर्ने प्रतिक्रिया दिएको देउवाले बताए । कोरोना भाइरसका कारण विदेशमा रोजगारी गुमाउने नेपालीको संख्या बढेको भन्दै सभापति देउवाले रोजगार गुम्दा रेमिट्यान्स घट्नुका साथै बजेटमा पनि प्रभाव पार्ने बताए । रोजगारी गुमेर स्वदेश फर्किनेका लागि सरकारले व्यवस्थापन गर्नुपर्ने सभापति देउवाको भनाइ थियो ।
अरूले आफ्ना देशका नागरिकलाई लैजान खोजेको छ तर नेपालीलाई आफ्नो देशमा किन आउन नदिने देउवाले बैठकमा भने,’ भारतबाट धमाधम मान्छे आइरहेका छन् । कतिले ४० दिनदेखि बोर्डरमा नेपाल जान पाउनुप¥यो भनिराखेका छन् । उनिहरूलाई आफ्नो देश फर्किन दिनुप¥यो भनेर मैले आजै प्रधानमन्त्रीसँग कुरा गरेको छु ।’
दिपायल – शिखर नगरपालिकाले नगरपालिका अन्तर्गतका शैक्षिक संस्थाहरूमा आज (बुधबार)...