शिस, कैलाली- सुदूरपश्चिम प्रदेशले बजेट अधिवेशनको तयारी गरिरहेको छ । प्रदेशको छैटौँ बजेट अधिवेशन सञ्चालनको लागि तयारी थालिएको हो ।
रोना भाइरसका कारण प्रभावित भएको प्रदेश सभा बैठकलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने तयारी भैरहेको प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले बताए ।
सभामुख थापाले प्रदेशको बजेट ल्याउनुपूर्व आवश्यक सुरक्षा मापदण्ड अपनाएर प्रदेश सभामा छलफल गरिने र जेठ पहिलो हप्ताभित्रै छैटौँ बजेट अधिवेशन बोलाइने तयारी गरिएको जानकारी दिए ।
प्रदेशको छैटौँ बजेट अधिवेशन सञ्चालनका लागि मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख थापा, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी लगायतले बुधबार प्रदेश सभा बैठक कक्षको स्थलगत अनुगमन गरेका छन् ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...